चीनको हाङझाउमा भइरहेको एसियाली खेलकुदमा नेपालले महिला कबड्डीबाट कास्य जित्यो।
एसियाली खेलकुदको इतिहासमा कबड्डीबाट जितेको यो नेपालको पदक हो।
सरकारले दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद र ओलम्पिकमा पदक जित्ने खेलाडीका पुरस्कार दिने गरेको छ।
खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिअनुसार खेलाडीहरुलाई सरकारले पुरस्कृत गर्छ। २०७६ मा गरिएको पछिल्लो संशोधनअनुसार एसियाली खेलकुदमा टिम गेमले कास्य जिते जनही ३ लाख रुपैयाँ दिने उल्लेख छ।
त्यहीँ अनुसार नेपाली महिला कबड्डी टिमले सरकारबाट जनही ३ लाख रुपैयाँ पाउनेछन्।
त्यसअघिका लागि सम्बन्धित संघले खेलकुद पुरस्कार तथा सम्मान समितिलाई निवेदन दिनु पर्नेछ। समितिको सिफारिसअनुसार सरकारले पुरस्कार दिने व्यवस्था छ।