Author: प्रस्टविचार

काठमाडौं, मङ्सिर २४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउने बताउनुभएको छ। आइतबार गम्भीर मानवअधिकार उल्लंघनका पीडितको राष्ट्रिय सञ्जालद्वारा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट टुंग्याउने अन्तिम प्रयास गर्ने तर राष्ट्रिय सहमति हुन नसके बहुमतको आधारमा टुंग्याउने बताउनुभएको हो। उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को मध्यपहाडी लोकमार्ग यात्रा पुस पहिलो साता सकिने र त्यसपछि संसद अधिवेशन आह्वान हुने बताउनुभयो। उहाँले अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा संक्रमणकालीन न्यायलाई प्रवेश गराउने प्रतिबद्धता जनाउनु भयो। उहाँले भन्नुभयो, ‘‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धाबा बोल्ने कोशिस भइरहेको छ। त्यसकारण पनि हामी…

Read More

नेपाल सुपर लिग अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजे सुरु हुनेछ। अङ्क तालिकाको तेस्रो स्थानमा रहेको पोखरा आजको खेलमा आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छ भने पाँचौ स्थानमा रहेको काठमाडौँ आजको खेलमा जित हात पार्दै आफूलाई माथि उकास्न चाहन्छ। हालसम्म ४ खेल खेलेको पोखराले २ मा जित हात पारेको छ भने २ खेल बराबरी गरेको छ । जबकी समान ४ खेलमा काठमाडौँले १ मा जित १ मा पराजित र २ खेल बराबरीमा सकाएको छ। आजको खेलमा काठमाडौंलाई पराजित गर्न सके पोखरा शीर्ष स्थानमा पुग्नेछ र प्लेअफको सम्भावना पनि…

Read More

काठमाडौं । फिल्म ‘एनिमल’ले भारतमा जति कमाइरहेको छ, उति नै आलोचित पनि । फिल्मलाई लिएर इन्टरनेट समुदाय नै विभाजित देखिन्छ । चित्रित गरिएका हिंसात्मक दृश्यलाई लिएर भारतको राज्यसभामा पनि मुद्दा उठिसक्यो । अहिलेसम्म यो फिल्ममा रणवीर कपुरका केही दृश्यलाई लिएर विवाद भएको थियो । पछिल्लो पटक भने बबी देओलको एउटा दृश्यलाई लिएर प्रश्न तेर्सिएको छ । फिल्ममा बबी र उनकी पत्नीको भूमिकामा अभिनेत्री मानसी तक्षकबीचको वैवाहिक बलात्कारको दृश्य छ । मानसी आफूभन्दा २९ वर्ष कान्छी भएकाले यस्तो दृश्य गर्नमा कुनै अनौठो नलागेको भन्दै बबीले यो दृश्यको सुटिङ गर्दा आफूलाई कुनै प्रकारको डर नलागेको जवाफ दिएका छन् । बबीले यो चरित्र…

Read More

१५ मंसिर, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमले यो वर्ष एसिया कपमा भारत र पाकिस्तानसँग खेल्यो । त्यही बाटो पछ्याउँदै नेपालको यू–१९ टिमले पनि एसिया कप खेल्दै छ । र, एउटा संयोग नै मान्नुपर्छ, यू–१९ एसिया कपमा पनि नेपालका प्रतिद्वन्द्वी भारत र पाकिस्तानसँगै अफगानिस्तान छन् । मंसिर २२ गतेदेखि यूएईका सुरु हुने प्रतियोगितामा नेपालको लक्ष्य सहभागिता मात्र नभएर टेष्ट राष्ट्रलाई हराउने पनि छ । यू–१९ टिमका प्रशिक्षक जगत टमटा भन्छन्, ‘युद्धमा सिपाही मर्छु भनेर जाँदैन । हामी पनि हार्ने भनेर जाँदैनौं, हामीले विगतमा टेष्ट राष्ट्रलाई जितेका छौं, यो पालि पनि हामी खेल्न मात्रै नभइ जित्न जाने हो ।’ नेपालले उमेर समूहमा…

Read More

प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीलाई मङ्सिर २० गते नै राजीनामा बुझाएको भए पनि अहिलेसम्म स्वीकृत नभएको उनको भनाइ छ। उनले राजिनामा दिनुको कारण नखुलाएपनि आसन्न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीका साथ राजीनामा दिएको बुझिएको छ। माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता गजुरेललाई प्रधानमन्त्री दाहालले माघ ९ गते राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए।

Read More

सर्लाही प्रहरीले भन्सार छलेर ल्याइएका लाखौँका सामग्रीसहितको भारतीय बोलेरो गाडी नियन्त्रणमा लिएको छ। भन्सार छलेर ल्याइएका कपडा र अन्य सामग्रीसहित उक्त गाडी नियन्त्रणमा लिइएको हो। सर्लाहीको पर्सा गाउँपालिका–६ पर्साबाटा अवैध कपडा, विद्युतीय सामान र गाडी बरामद गरिएको प्रहरीले जनाएको छ। हुलाकी राजमार्गको छेउमा बेवारिसे अवस्थामा रहेको ओ.आ. ०१ जे २४९२ नम्बरको बोलेरो गाडी नियन्त्रणमा लिएर खोजतलास गर्दा २७ प्याकेट एअरफोन, एक हजार ६०० पिस डाटा केबल, ९३ थान चिटर, २० थान गमछा बरामद भएको सर्लाही प्रहरीले जनाएको छ। बरामद सबै सामग्री र गाडीको मूल्य करिब ८ लाख ११ हजार रुपैयाँ भएको प्रहरीको अनुमान छ। गाडीसहित बरामद सम्पूर्ण सामग्रीलाई सर्लाही प्रहरीले…

Read More

काठमाडौँ । गत भदौमा ८ वटा नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म थिए ‘हिँड्दा हिँड्दै’, ‘जुलेबी’, ‘जय हो’, ‘महानगर’, ‘गणपति’, ‘ऐँचो पैँचो’, ‘एक भागवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’ । तीमध्ये ‘नाङ्गो गाउँ’ बाहेक अन्य कुनै पनि फिल्मले लगानी सुरक्षित गर्न सकेनन् । भदौ महिनामा ८ फिल्म रिलिज हुँदा एउटाले मात्र लगानी सुरक्षित गर्नु भनेको करिब ८८ प्रतिशत लगानी असुरक्षित हुनु हो । यसले नेपाली फिल्मको व्यवसाय अझै राम्रो भइनसकेको बुझाउँछ । व्यवसाय राम्रो नभए पनि फिल्म निर्माण हुने क्रममा भने घटेको छैन । यति बेला हेर्ने हो भने पनि आधा दर्जनभन्दा बढी फिल्म छायाङ्कनका लागि फ्लोरमा छन् ।…

Read More

काठमाडौं । फिल्म निर्माता तथा लेखक खगेन्द्र लामिछाने फिल्म ‘भष्मे डन’को कमाइलाई लिएर आयोजित पत्रकार सम्मेलनमा आशावादी सुनिए । उनले हरेक हप्ता हरेक नयाँ नेपाली फिल्मले कीर्तिमान तोड्नु जरुरी रहेको बताए । ‘हिजो छक्कापञ्जा थियो, आज कबड्डी छ । भोलि कोही होला । भोलि कुनै नयाँ फिल्मले रेकर्ड ब्रेक गर्नुपर्छ,’ उनले भने, ‘हरेक साता रेकर्ड ब्रेक हुन सके नेपाली फिल्मको वार्षिक कलेक्सन एक अर्ब पुग्छ । एकअर्काको रेकर्डलाई ठोक्ने र तोड्नुपर्छ भन्ने मान्यता मेरो छ ।’ चलचित्र विकास बोर्डको बक्स अफिस डेटाअनुसार ‘कबड्डी ४’ को २१.३८ करोड ग्रस कमाइ छ । सरकारी तथ्यांकअनुसार यो डेटा कुनै नेपाली फिल्मले घरमा कमाएको…

Read More

काठमाडौँ । भेनिसमा वल्र्ड प्रिमियर भएको फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ मुम्बई फिल्म फेस्टिभलमा साउथ एसिया कम्पिटिसनमा परेको छ । फेस्टिभलले सोमबार सार्वजनिक लाइनअपमा नेपाल–भारतको सहकार्य रहेको ‘गुराँस’ पनि प्रतिस्पर्धामा परेको छ । आइसफल प्रोडक्सनले श्रीलंकाको फिल्म काउन्सिल प्रोडक्सनसँग मिलेर निर्माण गरेको ‘द रेड सुटकेस’ यसअघि जुरिक फिल्म फेस्टिभलमा पनि छनौट भएको थियो । ‘द रेड सुटकेस’ बाहेक सौरभ राई निर्देशित ‘गुराँस’ पनि यही विधामा प्रतिस्पर्धी रहेको छ । फिल्मलाई पनि आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । लो आइक्यू प्रोडक्सन, क्राउलिङ एन्जल फिल्मस्, निओनेट अडियो एलएलपीसमेत निर्माण रहेको ‘गुराँस’ भने चेक रिपब्लिकको कार्लोभी भारी इन्टरनेसनल फिल्म…

Read More

काठमाडौं । पाका फिल्म निर्माता, निर्देशक तथा अभिनेता नीर शाहले प्रस्तावित फिल्म विधेयकप्रति आपत्ति जनाउँदै यसले चलचित्र क्षेत्रलाई धरासायी बनाउने बताएका छन् । निर्माता संघको वार्षिक साधारणसभामा बोल्दै शाहले यो विधेयकले बोर्डमाथि मन्त्रालयको हस्तक्षेप अझै बढ्ने बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अधिकार खोस्न खोजेको भन्दै शाहले बोर्डलाई स्वायत्तता दिनुपर्नेमा जोड दिए । ‘हामी प्रशासकीय चालबाजी र षड्यन्त्रभित्र चलचित्र उद्योगलाई सुरक्षित देखिरहेका छैनौं । यो विधेयकले मन्त्रालयको हस्तक्षेप बढाउँछ । त्यसैले विधेयकलाई चलचित्रसँग सम्बन्धित सबै संघसंस्थाले डस्टबिनमा फ्याँकिदिएका छन्,’ उनले भने । उनले स्वतन्त्र चलचित्र आयोग बनाउन सरकारलाई सुझाव दिए । बोर्डको उद्देश्य र भावना बाहिर…

Read More