Author: प्रस्टविचार

काठमाडौं । टोरन्टोको ऐतिहासिक भव्य सभागृह ‘मेस्सी हल’मा गर्विलो प्रस्तुति दिंदै लोक-रक ब्याण्ड नेपथ्यले आफ्नो क्यानडा टुर समापन गरेको छ । पहिलोपटक क्यानाडामा प्रस्तुत भएको ब्याण्डले क्यानडाको क्यालगरी सहरबाट सुरु गरेको सांगीतिक यात्रा भ्यानकुभर हुँदै टोरन्टोमा टुंग्याएको हो । कन्सर्ट हेर्न आउने दर्शकले तीनतल्ले मेस्सी हल खचाखच थियो । ‘यति महत्वपूर्ण हलमा उस्तै महत्वपूर्ण तवरले नेपथ्य प्रस्तुत भइदियो,’ टोरन्टोका मिङमा नोर्गे शेर्पा भनिरहेका थिए, ‘दर्शकका रुपमा उपस्थित हुँदा पनि त्यो एउटा नेपालीले गर्व गर्ने क्षण बनिदियो ।’ मिङमाका अनुसार प्रस्तुतिदेखि लिएर सहभागितासम्मका हिसाबले यस्तो भव्य अनुभूति थियो । कन्सर्टका लागि एक घण्टाअगावै हलको ढोका खुल्नासाथ दर्शकहरुको उपस्थिति सुरु भइसकेको थियो…

Read More

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३५ हजार ४९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । संक्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै धादिङ जिल्लामा ३ हजार १२० सङ्क्रमित छन् । तनहुँमा ३ हजार ११७ जना संक्रमित भएका छन् भने मोरङमा २ हजार २७० संक्रमित भएका छन् । यस्तै, कास्की ७६९ जनामा पुष्टि हुँदा काठमाडौँमा ७५१ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ । उता…

Read More

तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन । करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आवेदन आह्वान गर्दा पनि कुनै आवेदन नपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताए । चार जनाका लागि विज्ञापन गर्दा पनि आवेदन नपर्दा अहिले विद्यमान सीमित चिकित्सकले सेवा दिनुपरेको उनको भनाइ थियो। पचास शै्याको उक्त अस्पतालमा एकसय ५० जनाका लागि सेवा सञ्चालन हुँदै आएकामा अब दुई सय शै्या बनाउनका लागि प्रदेश सरकारले कसरत थालेको छ । डायोलाइसिस तथा प्रसुतिलगायत सेवामा अझै पनि जनशक्ति अभाव छ । जनशक्ति अभावकै कारण आईसियु सेवा सञ्चालन गर्न…

Read More

काठमाडौँ । सरोकारवालाहरुले विश्वस्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । उनीहरुले सरकारले डा.आचार्यको नाम मन्त्रीपरिषद्बाट अनुमोदन गरेपनि जिताउन पर्याप्त सहयोग नगरेको गुनासो गरेका हुन् । सरोकारवालाहरुले आचार्यलाई जिताउन सरकारले नै दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरुसँग पर्याप्त लविङ नगरेको र नेतृत्वदायी भूमिका समेत नलिएको गुनासो गरे । आगामी अक्टुबर ३० देखि दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको लागि भारतको नयाँ दील्लीमा निर्वाचन हुँदैछ । दक्षिण पूर्वी एशियामा नेपालसहित बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इण्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र टिमोर–लिस्टे राष्ट्र रहेका छन्…

Read More

नेपालमा हरेक वर्ष रेबिजका कारण करिब ९ सय व्यक्तिको मृत्यु हुने गरेको छ । कुकुरको टोकाइबाट मर्नेमध्ये अधिकांश बालबालिका छन् । पशु स्वास्थ्य निर्देशनालयका अनुसार अघिकांश रेबिज भाइरस कुकुरको टोकाइबाट सर्ने गर्छ । शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक १५० जना कुकुरले टोकेका बिरामी उपचारका लागि आउँछन् । तर अस्पताल नआउनेको सङ्ख्या दोब्बर छ । भुस्याहा कुकुरभन्दा घरपालुवा कुकुरको टोकाइबाट अस्पताल आउनेहरूको सङ््या धेरै छ । कुकुर पाल्ने मात्रै होइन, कुकुरलाई लगाउने भ्याक्सिनदेखि सबै कुराको बारेमा ध्यान दिन जरुरी छ । नेपालमा रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्छ भन्ने ज्ञान धेरै व्यक्तिलाई छैन । जोकसैले रेबिजविरुद्धको भ्याक्सिन अनिवार्य लगाए राम्रो हुन्छ । सरकारले रेबिजविरुद्धको भ्याक्सिन…

Read More

पर्सा । नसर्ने रोगको कारण नेपालमा वार्षिक १ लाख ३७ हजारको मृत्यु हुने गरेको तथ्य खुलेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याकंमा वार्षिक कुल मृत्युदरको ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगको कारण हुने गरेको जनाइएको छ । स्वास्थ्य सेवा विभाग नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख एम.डी. डा. फडिन्द्र प्रसाद बरालले प्रत्येक ५ जनामा ४ जनाको मृत्यु नसर्ने रोगका कारण हुने गरेको बताएका छन् । क्यान्सर, उच्च रक्तचाप, मुटु रोग, मधुमेह लगायतका रोगहरूको कारण नेपालमा बर्सेनि ७१ प्रतिशत मानिसको मृत्यु हुने गरेको बरालले जनाएका छन् । सुर्तीजन्य पदार्थ, मादक पदार्थ तथा लागु औषधको सेवन, अस्वस्थ खानपान मुटु…

Read More

काठमाडौं । भिभोले वाई सिरिजमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई १७ एस सार्वजनिक गरेको छ । कम्पनीले नवीन तथा आकर्षक विशेषता भएको वाई १७ एस शुलभ मूल्यमा सार्वजनिक गरेको जनाएको हो । यो स्मार्टफोनले प्रयोगकर्ताहरुलाई आकर्षित गर्दै बजारमा हलचल ल्याउने भिभोको दाबी छ । भिभो वाई १७ एसमा मुलभुत रुपमा एलिगेन्ट डिजाइनलाई प्राथमिकतामा राखिएको छ । स्टाइल र कार्यक्षमता दुवैलाई सहज रूपमा एकीकृत गर्दै यो स्मार्टफोनमा एक ट्रेन्डी डुअल क्यामेरा डिजाइन रहेको छ । यसमा भएको २.५ डी सामग्रीले आरामदायी ग्रिप सुनिश्चित गर्नुका साथै सोफेस्टिकेशनको स्पर्श थप्दै, प्रतिस्पर्धाबाट अलग बनाउँछ । भिभो वाई १७ एस दुई रंगमा उपलब्ध छ ।…

Read More

साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको मूल्य आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३…

Read More

काठमाडौं । आजदेखि माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको साधारण सेयर (आईपीओ) बिक्री खुलेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको हो । यसअघि वैदेशिक रोजगारीमा गएका र स्थानीयका लागि सेयर बाँडफाँड भइसकेको छ । सर्वसाधारणका लागि जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयर बिक्री गर्दैछ । कम्पनीले १०० रुपैयाँ अंकित १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणमा क्रिी गर्न लागेको हो । यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकालाई बिक्री गरिसकेको छ । यस्तै, सामूहिक लगानी कोषका लागि ७५ हजार कित्ता छुट्याइएको छ…

Read More

काठमाडौँ । गुरु ट्राभल्स लिमिटेड तथा नेपालको इन्स्योरेन्स क्षेत्रकै विशिष्ट र सशक्त बिमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबिच व्यावसायिक सहकार्य सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सहायक महाप्रबन्धक रामजी ढकाल तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्रमा उल्लेख भए बमोजिम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरूलाई गुरु ट्राभल्स लिमिटेडले विभिन्न ट्राभल प्याकेजहरूमा १० हजार रुपैयाँ सम्मको स्पेसल डिस्काउन्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ । यस्तै गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड बाट सहजरुपमा ट्राभल बिमा प्राप्त गर्ने तथा…

Read More