Author: प्रस्टविचार

यतिवेला विद्यालय शिक्षा ऐन चर्चाको शिखरमा छ । लामो समयदेखि प्रतीक्षामा रहेको विधेयक संसदमा दर्ता हुनासाथ सडकमा आन्दोलनको आँधी नै आयो । शिक्षकहरूसँग सरकारले वार्तासँगै सम्झौता पनि गर्‍यो । अब उक्त विधेयक संसदको सम्पत्ति बनेको छ र त्यसलाई समृद्ध बनाउने र पारित गर्ने जिम्मेवारी संसदसँग छ । यो पृष्ठभूमिमा उक्त विधेयकका सकारात्मक–नकारात्मक पक्षबारे यहाँ चर्चा गरिनेछ । सकारात्मक पक्षविधेयकमा उद्देश्य र कारण उल्लेख छ । परम्पराभन्दा अलि अघि बढेर संविधानको धारा ५६, ५७ र अनुसूची ८ र ९ भित्र समेटिएका व्यवस्था समेत उल्लेख गरिएको छ । त्यस्तै विधेयकमा आर्थिक टिप्पणी राखिएको छ, जसमा सरकारका व्ययभार पर्ने तर यति नै भन्न…

Read More

फुच्चादेखि बडोमाका विमान फुत्तफुत्त उडिरहने र बसिरहने नेपालको चल्तीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। हजारौं यात्रु अन्तर्राष्ट्रिय उडानमा कोही आउँछन्, कोही जान्छन्। तिनलाई आवतजावतको अनुमति दिन अध्यागमनमा निजामती कर्मचारी खटिएका छन्। अध्यागमन अधिकृतको अनुमतिपश्चात गत आर्थिक वर्षमा साढे उन्नाइस लाख यात्रु आगमन भए र साढे तेइस लाख प्रस्थान। त्यत्रा यात्रुलाई सेवा दिँदा अनेकौं कथाव्यथा भेटिन्छन् अध्यागमनमा। तिनै कथाव्यथाको चाङबाट टपक्कै टिपिएका केही दर्दनाक, केही रमाइला प्रतिनिधि घटना छन् यहाँ। विदेश जान नपाएका यात्रु रसुवातिर हाइड्रोपावर कम्पनीका ज्यालादार श्रीधर (नाम परिवर्तन)। भिजिट भिसा छ चीनको, केवल तीस दिनको। विदेसिन आए। एयरपोर्टभित्र छिरे। सुरक्षाकर्मी, एयरलाइन्स, अध्यागमनमा क्रमशः सोधपुछ भयो। प्रस्थान अनुमति पनि पाए। पर्तिर ‘सेक्युरिटी’…

Read More

विषयबिनाको पनि पढाइ हुन्छ र? यो आलेख सुरू गर्नुअघि नै यसको उत्तर दिन चाहन्छु। पढाइको गहनता वा गहिराइ विषयरहित शिक्षामा हुन्छ। ज्ञान आफैं वस्तुतः कुनै विषय होइन। जस्तै ज्ञानशास्त्र (इपिस्टेमोलोजी) आफैंमा पनि एक विषयक्षेत्र हो तर त्यसबाट संप्राप्त हुने ज्ञान चाहिँ विषय होइन, त्यो एउटै अविछिन्न ज्ञानको भाग मात्र हो। विषयले ज्ञानमा विग्रह ल्याउँछ। ज्ञानलाई सतहमा ल्याउँछ। ज्ञानको मूल वा श्रोतलाई खण्डित गरिदिन्छ। एउटा उपमान उल्लेख गर्छु समुद्रको। खोलानाला, पोखरी, ताल इत्यादि यसैबाट उत्पन्न हुन्छन् तर यी सबै यथार्थमा समुद्रकै विभिन्न स्वरूपहरू हुन्। तिनको लक्ष्य समुद्रतिरै समाहित हुने छ र ती त्यतै बगिरहेका छन्। समुद्र आफैंमा विशाल र स्थिर छ। नदी…

Read More

शान्तिपूर्ण प्रतिरोधको तागत कति ठूलो हुन्छ भन्ने एकपटक फेरि प्रमाणित भएको छ। सामाजिक अभियन्ता ईःले हामी सबैलाई त्यसको तागत सम्झाएका छन्। ठेलागाडा, साइकल, नाङ्लो वा डोकोमा तरकारी, फलफूल लगायतका सामान बेच्दै हिँड्ने साना व्यापारीहरूलाई लखेटी–लखेटी धरपकड गर्ने र उनीहरूका सामान लुटेर लैजाने काठमाडौं महानगरपालिकाको अमानवीय हरकतविरूद्ध ईःले चुपचाप उभिएर प्रतिरोधको आवाज उराले। राष्ट्रिय सभागृहको गेटबाहिर गोडा सुन्निने गरी १९९ घन्टा उभिएका ईःसँग काठमाडौं महानगरले बुधबार राति चारबुँदे सम्झौता गर्‍यो। यो सम्झौताका दुइटा सकारात्मक पक्ष छन् — पहिलो, सडक व्यापारीहरूका ठेलागाडा, साइकल, डोको र उनीहरूले बेच्न राखेका सामान जफत गर्नु गलत थियो भन्ने महानगरले पहिलोपटक स्वीकार गरेको छ। टेकुस्थित कबाडखानामा थुपारिएका ती सामान पहिचान गरी सम्बन्धित…

Read More

प्रिय सरकार र प्रतिनिधि सभाका सदस्यहरू — ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता भएको छ। लामो समयको पर्खाइपछि आएको यो विधेयक दर्ता हुनुअगाडि नै विवादमा तानिएको थियो। यसमा संशोधन हाल्न भनेर विभिन्न सांसदहरूले आफ्नो सामाजिक सञ्जालमा आमनागरिकसँग संशोधनका बुँदाहरू पठाइदिन आग्रह गरेका छन्। सरकार र संसदले चाहेपछि जे पनि हुन सक्छ। शिक्षामा क्रान्ति चाहिएको सबैलाई थाहा नै छ। सरकार र संसदमा हुनु हुने तपाईंहरूले विभिन्न मञ्चहरूमा शिक्षामा आमूल परिवर्तन चाहिएको कुरा भन्नु हुन्छ। सबै परिवर्तनको आधार पनि शिक्षा भएको सबैलाई थाहा नै छ। देशमा शिक्षाको स्थिति दिनहुँ खस्किँदै गएको हामीले देखेका छौं। न…

Read More

चीनको हाङझाउमा भइरहेको एसियाली खेलकुदमा नेपालले महिला कबड्डीबाट कास्य जित्यो। एसियाली खेलकुदको इतिहासमा कबड्डीबाट जितेको यो नेपालको पदक हो। सरकारले दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद र ओलम्पिकमा पदक जित्ने खेलाडीका पुरस्कार दिने गरेको छ। खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिअनुसार खेलाडीहरुलाई सरकारले पुरस्कृत गर्छ। २०७६ मा गरिएको पछिल्लो संशोधनअनुसार एसियाली खेलकुदमा टिम गेमले कास्य जिते जनही ३ लाख रुपैयाँ दिने उल्लेख छ। त्यहीँ अनुसार नेपाली महिला कबड्डी टिमले सरकारबाट जनही ३ लाख रुपैयाँ पाउनेछन्। त्यसअघिका लागि सम्बन्धित संघले खेलकुद पुरस्कार तथा सम्मान समितिलाई निवेदन दिनु पर्नेछ। समितिको सिफारिसअनुसार सरकारले पुरस्कार दिने व्यवस्था छ।

Read More

१७ असोज, काठमाडौं । उनले गरेको गोल पुस्कास अवार्ड योग्य रहेको भनेर चर्चा भइरहेको छ । ४० यार्डबाट बललाई जाली चुमाउने खेलाडी हुन रियल मड्रिडका जुड बेलिङघम । च्याम्पियन्स लिगमा नेपोलीका डिफेन्डरलाई छक्याउँदै उनले गरेको गोल निकैनै अविस्मरणीय छ । मंगलबारको रोचक भिडन्तमा रियल भलै ३-२ ले विजयी भयो, यो खेलबाट सबैको मनमा स्थान बनाउन बेलिङघम फेरि सफल भए । ग्रिष्म कालमा खेलाडी अनुबन्धित गर्दा रियलले उनीमाथि १०३ मिलियन युरो खर्चिएको थियो । सन् २०१३ मा ग्यारेथ बेल र सन् २०१९ मा एडेन हजार्डपछि रियलमा १०० मिलियन माथिको अफर पाउने उनी तेस्रो खेलाडी हुन् । यसै पनि यो कुराले उनी युरोपेली…

Read More

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता आइतबार सकिँदैछ । पदक तालिकामा आयोजक राष्ट्र चीनलाई पहिलो बनाउँदै एसियाली खेलकुद सम्पन्न हुन लागेको हो । प्रतियोगिताको अन्तिम दिन आइतबारसम्म चीनले दुई सय एक स्वर्ण पदक जितिसकेको छ । प्रतियोगिताको समापन समारोह चीनका प्रधानमन्त्री ली छ्याङको प्रमुख आतिथ्यमा हुनेछ । समापन समारोहमा विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरु पनि अतिथिको रुपमा सहभागी हुने समाचारमा जनाइएको छ । प्रतियोगिताको समापन समारोहपछि चिनिया प्रधानमन्त्रीले विदेशी अथितिहरुको सम्मानमा रात्री भोजको समेत आयोजना गर्नेछन् । यसका अतिरिक्त उनले विदेशी पाहुनाहरुसँग दुईपक्षीय भेटघाट पनि गर्ने समाचारमा जनाइएको छ । प्रतियोगिताको समापन समारोह हाङ्झोउ ओलम्पिक स्पोर्टस…

Read More

एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानमाथि सानदार जित निकालेको छ। शनिबार हिमाचल प्रदेश क्रिकेट एशोसिएशन स्टेडियममा बंगलादेशले अफगानिस्तानमाथि ६ विकेटको सानदार जित निकालेको हो। अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य बंगलादेशल ९२ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टाएको हो। जितमा बंगलादेशक नजमुल हुसैन सान्तोले ५९ रन बनाए। उनले ७३ बलमा ३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै मेहिदी हसन मिराजले ७३ बलमा ५ चौका प्रहार गरे। कप्तान शकिब अल हसनले १४ रन बनाउँदा लिटोन दासले १३ रन बनाए। ओपनर तान्जिड हसनले ५ रनमात्रै लिए। बलिङमा फजल्लक फारूक, नवीन उल हक्, अज्मतुल्लाह ओमरजइले एक/एक विकेट लिए। टस जितेर फिल्डिङ रोजेपछि पहिले…

Read More

२० असोज, हान्झाउ । अन्तिम चरणमा पुगेको हान्झाउ एसियाडमा शनिबार बिहान नेपाली कबड्डी टिम कास्य जितेको खुसियाली मनाइरहेको थियो । यसअघि नै कास्य निश्चित गरेको नेपालको महिला कबड्डी टिमले १५औं दिनमा आएर पदक लगाउन पाएको थियो । कबड्डी खेलाडीले पदक लगाएको खुसी मनाउँदै गर्दा कराते खेलाडी एरिका गुरुङले झनै ठूलो खुसी थपिदिइन् । १९ वर्षीय एरिकाले कुमुतेतर्फ ६८ केजीमाथि तौल समूहमा ऐतिहासिक रजत पदक जितिन् । नेपालका लागि जारी एसियाडमा दोस्रो, एसियाडको इतिहासमै अहिलेसम्मको तेस्रो रजत र करातेमा अहिलेसम्मकै चौथो पदक उनले जितेकी थिइन् । एरिका, कराते र नेपाली खेलकुदकै लागि यो ऐतिहासिक पदक बन्यो । नेपालले २५ वर्षपछि एसियाडमा व्यक्तिगतर्फ रजत जिताउने…

Read More