Author: प्रस्टविचार

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित राख्न र स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको छ। केन्द्रीय कार्यालयका तर्फबाट रोशन पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै इजरायलमाथि हमासले गरेको हमलाको पार्टीले भर्त्सना गरेको उल्लेख छ। आक्रमणमा परेर घाइते भएकाहरूको उपचार गर्न पार्टीले दूतावासलाई आग्रह पनि गरेको छ। ‘सम्पूर्ण नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गराई स्वदेश फर्काउने प्रक्रियालाई यथाशीघ्र रूपमा अघि बढाउन सरकारलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। साथै इजरायलमा रहेका नेपालीलाई दूतावासमा सम्पर्क गर्न पनि समाजवादी पार्टीले आग्रह गरेको छ। इजरायलमा चार हजार ५ सय जना केयरगिभर र दुई सय ६५ जना नेपाली विद्यार्थी छन्।

Read More

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्रीहरूसँग भेटवार्ता गरेका छन्। अमेरिकामा भएको संयुक्त राष्ट्र संघको महासभा तथा छिमेकी मित्र राष्ट्र चीनको भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले शनिबार साँझ शीतलनिवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो दुवै भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए। उनका अनुसार सो भेटमा मुलुकका अहिलेका समसामयिक विषयमा पनि छलफल भएको थियो। त्यसअघि शनिबार नै राष्ट्रपति पौडेलसँग उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेट गरी समसामयिक विषयमा छलफल गरेको पनि पोखरेलले बताए।

Read More

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन आइतबारदेखि सुरू हुँदैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने छन्। असोज २१ र २२ गते धनगढीमा हुने अधिवेशनका लागि सडकमा झन्डा लगाएर सजाइएको छ भने कार्यक्रम हुने स्थल सौंराई पार्टी प्यालेसमा मार्क्स, लेनिन, मदन भण्डारी र मनमोहन अधिकारीका तस्बिर टाँसिएको छ। मञ्चको दायाँबायाँ अध्यक्ष ओलीका तस्बिर राखिएको छ। अधिवेशनका लागि प्रदेशभरबाट ६ सय ७५ प्रतिनिधि छनोट भएका छन्। आइतबार अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गरेपछि प्रदेश कमिटीका तर्फबाट आर्थिक तथा राजनीतिक प्रतिवेदन पेस गरिने छ। प्रतिवेदन पारित भएपछि बन्द सत्र हुनेछ। अधिवेशनले १ सय ५५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ। समयमै अधिवेशन सम्पन्न…

Read More

‘केही नेपाली हताहत हुन सक्छ, स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको छ| इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे परराष्ट्रमन्त्री एनपी साउदले आइतबार सदनलाई जानकारी गराएका छन्। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमा आक्रमण गरेको थियो। इजरायलमा चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको परराष्ट्र मन्त्री साउदले बताए। यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना, सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएको उनले बताए। सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलमा अध्ययनरत थिए। यो गाजा क्षेत्रनजिकै पर्दछ। यहाँ रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल छन्। तीन जना…

Read More

शिक्षा विधेयकमाथि युनियनका ८ सुझाव बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको भ्रातृ संगठन, नेपाल समाजवादी विद्यार्थी युनियनले विद्यालय शिक्षा विधेयकका कतिपय बुँदा संशोधन गर्नुपर्ने बताएको छ। युनियनका अध्यक्ष नेत्र चापाईंसहितले आइतबार संसद भवन नयाँ बानेश्वरअघि प्रदर्शनसमेत गरेका थिए। उनीहरूले ‘शिक्षा ऐन आम नागरिकका लागि कि शैक्षिक व्यापारीलाई’ भन्ने प्रश्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई गरेका छन्। शिक्षा विधेयकमाथि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भइसकेको छ। सांसदहरूले राखेका जिज्ञासाको आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले जवाफ दिने कार्यक्रम छ। युनियनले सुझावसहित संसद भवनबाहिर प्रदर्शन गरेको हो। ‘सरकारले विद्यालय शिक्षा विधेयक ल्याउनु सकारात्मक छ तर केही विषय छुटेका छन्,’ उनले भने,…

Read More

२१ असोज, सुर्खेत । हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका-२ रिपस्थित ल्याप्चे घाटबाट मुगुको सोरु गाउँपालिका-५ नेर गाउँका ३८ वर्षीय मकरसिंह नेपाली बेपत्ता भएका हुन् । उनी कर्णाली करिडोरको ग्युसी-छारे खण्डमा मजदुरको रुपमा काम गर्दै आएका थिए । शनिबार काम सकेर बासस्थानतिर जाँदै गर्दा तुइनबाट खसेर उनी बेपत्ता भएको सूचना आएकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

Read More

काठमाडौं । प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या १०० नाघेको इजरायली स्वास्थ्य मन्त्रालयले बताएको छ । अहिले ९८५ जना अस्पतालमा छन् । उनीहरुमध्ये कतिपयको अवस्था गम्भीर छ । इजरायली डिफेन्स फोर्सको आफ्नो सेनाले २२ स्थानमा चरमपन्थी समूहसँग लडिरहेको बताएको छ । दुई स्थानमा बन्धक जस्तै अवस्था रहेको उसले स्वीकार गरेको छ । गाजापट्टीबाट इजरायलमा दर्जनौं रकेट हानिएको थियो, जसमा परी मृत्यु हुनेको संख्या १०० नाघेको इजरायली स्वास्थ्य मन्त्रालयले बताएको छ । आक्रमणमा पनि घाइते हुनेहरूमा नेपाली नागरिक समेत छन् । परराष्ट्र मन्त्रालयका अनुसार ९ जना नेपाली घाइते भएको पुष्टि भएको छ, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ…

Read More

२१ असोज, काठमाडौं । गण्डकीका संसदीय समितिका सभापतिहरूले शपथ लिएका छन् । ४ दलले भागबन्डा गरेर कांग्रेसले २, एमाले र माओवादीले एक/एक समिति सभापति लिएका थिए । शनिबार भएको मनोनयनमा एक/एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरी सभामुख कृष्ण धितालले शपथ खुवाएका हुन् । अर्थ तथा विकास समिति सभापति कांग्रेसका भोजप्रसाद अर्यालले पाएका छन् । सभापति शेरबहादु देउवाइतरका उनी संसदीय दलको नेताका लागि सुरेन्द्रराज पाण्डेसँग चुनाव लडेका थिए । कांग्रेसबाटै पूर्वराज्यमन्त्री तथा प्रतिनिधि सभा हुँदै प्रदेश सांसद बनेकी बागलुङकी चम्पादेवी खड्काले प्रदेश मामिला तथा कानुन समितिको सभापति पाएकी छन् । सार्वजनि लेखा समिति प्रतिपक्षले पाउने संसदीय…

Read More

२१ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको अध्ययन कक्षा अब सातै दिन २४ सै घण्टा खुला हुने भएको छ । गत शुक्रबार त्रिवि कार्यकारी परिषद्को बैठकले केन्द्रीय पुस्तकालयको –एनेक्स अध्ययन कक्ष पुस्तकालय कार्डको व्यवस्था गरी अध्ययनका लागि २४ सै घण्टा सातै दिन खुला गर्ने निर्णय गरेको छ । त्यसको साथै केन्द्रीय पुस्तकालय कार्यालय समय भन्दा अगाडि र पछाडि गरी थप ६ घण्टा बढी पुस्तकालय कार्ड अनिवार्य गरी अध्ययनको लागि खुला रहनेछ । त्रिविका नियमित विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता, कर्मचारीहरुको हकमा नियमित कार्यालय समय जस्तै शनिबार (सार्वजनिक बिदाको दिन बाहेक) पनि पुस्तकालय अध्ययनका लागि खुला रहने छ । त्यस्ता दिन अध्ययन…

Read More

२१ असोज, काठमाडौं । नेपाल सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा एउटा संयन्त्र स्थापना गरेको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न, उनीहरूको उद्धार गर्न र समग्र परिस्थितिको मूल्यांकन गरी समन्वय र सहकार्य गर्न उक्त संयन्त्र गठन गरेको हो । ‘आज बिहान प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसी परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाल निकाय सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको छ । यस संयन्त्रले घटनाको निरन्तर अनुगमन, वस्तु स्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा आवश्यक निर्णय लिने, समन्वय तथा सहयोगका सम्पूर्ण कार्यहरू गर्नेछ’,…

Read More